२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चाररचार, एकमा माओवादी



अ+ अ-

दमौली । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने मतगणना जारी छ ।

कांग्रेसबाट भानु नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, शुक्लागण्डकी नगर प्रमुखमा कृष्णराज पण्डित, ऋषिङ गाउँपालिका अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्षमा गिनुमाया थापा, देवघाट गाउँपालिका अध्यक्षमा तिलबहादुर थापा विजयी हुनुभएको छ । बन्दीपुर गाउँपालिका उपाध्यक्षमा पञ्चमाया गुरुङ, म्याग्दे गाउँपालिका उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको हो ।

एमालेबाट घिरिङ गाउँपालिका अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिका अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, बन्दीपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र थापाले जित हासिल गर्नुभएको छ ।

माओवादी केन्द्रबाट आँबुखैरेनी गाउँपालिका अध्यक्षमा शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल, शुक्लागण्डकी नगर उपप्रमुखमा खुमबहादुर विक, देवघाट गाउँपालिका उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

यसैबीच जिल्लाका ८५ वडामध्ये हालसम्म ७४ वडाको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ३८ वडामा जित हासिल गरेको छ । एमालेले २६ र माओवादी केन्द्रले छ वडा जितेका छन् । स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजय हासिल गरेका हुन् । व्यास नगरका १४ मध्ये ११ वडाको नतिजा आउन बाँकी छ ।