२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी



अ+ अ-

झापा, ७ जेठ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित हुनुभएको छ । तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गर्नुभएको हो । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गर्नुभयो भने कार्कीले १३ हजार ७४३ मत प्राप्त गर्नुभयो ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित हुनुभयो । उहाँले १७ हजार ६३७ मत प्राप्त गर्नुभयो । संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का जितेश योञ्जनले नौ हजार ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ मा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जीत हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पद जीत हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित हुनुभयो । त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित हुनुभएको छ । रासस