२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी उपमहानगरपालिकामा प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमाले विजयी



अ+ अ-

कैलाली जेष्ठ,८। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । हमाल १२ हजार बढी मतले निर्वाचित हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रमुखमा नेकपा (एमाले)का रणबहादुर चन्दले नौ हजार ११५ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार कन्दकला राना निर्वाचित हुनुभएको छ । उहाँले १५ हजार ४७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गर्नुभएको छ ।

उप्रमुखका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले छ हजार ६०९ मत प्राप्त गर्नुभएको छ । ९३ हजार १५१ मतदाता रहेको उपमहानगरपालिकामा ६३ हजार ६४७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




भर्खरै