२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न



अ+ अ-

काठमाडौं ८ जेष्ठ । नबिल बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ, जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्नेछन् ।

उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन  (Due Diligence Audit Report), समझदारीपत्र (Memorandum of Understanding) तथा अन्तिम सम्झौता पत्र (Final Scheme of Agreement/Arrangement) लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पू“जी रू.२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५ अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई २५४ पुग्नेछ ।

त्यसैगरी, ९ महिनाको संयुक्त खुद मुनाफा रू.४ अर्ब ४६ करोड हुनेछ । नेपालको बैंकिंगमा सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।

यस प्राप्तिसंगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयँ“ रणनिती अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउनेछ ।




भर्खरै