२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उषा ठाकुर र तारानाथ दाहाललाई ‘भद्र घले पदक’



अ+ अ-

काठमाडौं । त्रिमूर्ति निकेतनले त्रिमूर्ति निकेतनबाट गठित ‘विश्वनारी नेपाली साहित्य सम्मेलन’ र ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’को आरम्भदेखि अन्त्यसम्मको नेतृत्वदायी भूमिकामा सार्थक, उल्लेखनीय र विशिष्ट योगदानका निम्ति प्रा।डा।उषा ठाकुरलाई ‘भद्र घले पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी त्रिमूर्ति निकेतनको स्थापनामा गुरुतर भूमिका निर्वाह गर्दै देशदेशान्तरमा संस्थाको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदान पुर्याएबापत श्री तारानाथ दाहाललाई ‘भद्र घले पदक’ समर्पण गर्ने त्रिमूर्तिको पूर्व बैठकबाट निर्णय भैसकेको थियो । प्रमाणपत्र र पदकका साथ ‘भद्र घले पदक’को राशी जनही पच्चीस हजार रूपियाँ रहेको छ ।

‘भद्र घले पदक’ हरेक वर्ष त्रिमूर्ति निकेतनका सदस्यहरुमध्ये एक जनालाई समर्पण गरिन्छ । यसभन्दाअघि सर्वश्री नरेन्द्रराज प्रसाई, इन्दिरा प्रसाई, खनूप्रुदे ‘रामबाबू’, शताब्दी पुरुष डा।सत्यमोहन जोशी, हरिहर विरही, डा.मोदनाथ प्रश्रित, प्रा।ठाकुर पराजुली, केके कर्माचार्य, सलोमी लेप्चा तिमोथी र प्रा।डा।गार्गी शर्माले ‘भद्र घले पदक’ ग्रहण गरिसक्नु भएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको त्रिमूर्ति निकेतन सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी दिनुभयो ।




भर्खरै