२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभकालिका गाउँपालिकाले खाद्यान्न बालीको बीमा गरिदिने



अ+ अ-

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सो निर्णय गर्नुभएको हो ।

आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताउनुभयो । “कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका लागि खाद्यान्न बालीको बीमा गरिएको हो ।”

गाउँपालिकामा पाकेको अन्नबाली बाढीपहिरो तथा असिना पानीले सखाप पार्ने भएकाले नागरिकमा भोकमरी त्रास हुने गरेकोले बाली बीमा अनिवार्य रुपमा गरिने अध्यक्ष आचार्यले बताउनुभयो । “मानिसको जीवनमा सबैभन्दा बढी आवश्यकता भनेको गाँस, बास र कपास हो”, उहाँले भन्नुभयो,“नागरिकका आवश्यकता पूरा गर्नका लागि यो काम गर्न लागेको हुँ ।” यस पटक नागरिकले लगाएको गहुँबाली असिनाले नष्ट गरेकाले खाद्यान्न वितरण गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।