२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय सदस्य वाग्लेसहित पाँच जनालाई पार्टी सदस्य नरहने गरि कारबाही गर्न माग



अ+ अ-

तनहुँ । हालै सम्पन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ–५ को वडासमितिले केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाही गर्न माग गरेको छ ।

वडा समितिले केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाअधिवेशन प्रतिनिधि एवं व्यास – ५ का निर्वतमान वडाअध्यक्ष मोहनकुमार श्रेष्ठलगायत ५ जनालाई कारबाहीको माग गर्दै नगर समितिमा ज्ञापन पत्र बुझाएको छ ।

व्यास नगरपालिकाको मेयर, उपमेयर र व्यास–५ को वडाअध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र विपक्ष उम्मेदवारको पक्षमा भोट मागेको उनीहरुको आरोप छ ।

व्यास–५ को वडाअध्यक्षमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद खनाललाइ हराउँदै नेकपा एमालेका विष्णकुमार श्रेष्ठ निर्वाचित भएका थिए । सो वडामा यसअघि २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।