१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

चितवन। अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका लागि सौराहामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विभागले गत पुस १७ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा उक्त प्रणालीको शुभारम्भ गरिसकेको छ । राजधानीबाहिर पहिलोपटक पर्यटकीय नगरी सौराहामा प्रणाली लागू गर्नका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ