२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

काभ्रेपलाञ्चोक, २७ पुसः मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।”