२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिउरीको तेल पेल्न भ्याइनभ्याइ

घोराही । घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ । नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उहाँलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो । दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’मा चिउरीको तेल बिक्री गरेर दुईचार पैसा कमाउनका लागि तेल पेल्न थालेको उहाँ बताउनुहुन्छ ।