१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विकासका लागि काँग्रेसको विकल्प छैनः जितेन्द्रकुमार श्रेष्ठ

काठमाडौँ। नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफूहरूको मुख्य शक्ति भएको स्पष्ट पार्नुभएको हो ।