२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच छलफल

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।