© 2023
काठमाडौँ। निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन आह्वान गरेको छ । केही प्राध्यापक, शिक्षक तथा कर्मचारी दल र उम्मेदवारका पक्षमा प्रचारप्रसारमा लागेको भनी आयोगमा उजुरी तथा गुनासो प्राप्त भएकाले यस्तो आह्वान गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ