© 2023
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न निर्वाचन सफल पार्न मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सामाजिक सञ्जालमा फैलिएका र केही मिडियामा आचारसंहिता विपरीतका गलत, भ्रामक र मिथ्या सूचना सम्प्रेषण हुने गरेका र यसबाट जोगिएर नागरिकलाई सत्य सूचना प्रदान गर्ने मिडियाको प्रमुख दायित्व हुने बताउनुभयो ।