२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन कप छनोटः इन्डोनेसियाविरुद्ध नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७–० गोल अन्तरले पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले रातो कार्ड पाई मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २–० को अग्रता दिलाए । यस्तै, ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३–० को अवस्थामा ल्याए ।
५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४–० बनाए । खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५–० को बनाए ।

खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६–० को अवस्थामा पुर्याए । खेल सकिनै लाग्दा इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७–० को सानदार जित दिलाए ।

हारसँगै समूह ए मा रहेको नेपालले अंक जोड्न नसकि प्रतियोगिताको अन्त्य गर्यो

नेपाल समूहको पुछारमा रह्यो । छनोटको पहिलो खेलमा जोर्डनसँग २(० ले पराजित बनेको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले पराजित बन्यो ।

अर्कोतर्फ, ३ खेलमा ६ अंक जोडेको इन्डोनेसिया दोस्रो स्थानमा रह्यो ।




भर्खरै