काठमाडौं। एसियन गेम्स क्लालिफायर अन्तर्गत बिहीबार भइरहेको खेलमा कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन्।
सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि भुर्तेलले ४५ बलमा १० चौका र ७ छक्कासहित शतक पूरा गरेका हुन्।
यसअघिको खेलमा उनले चीनविरुद्ध १२९ रनको शतकीय पारी खेलेका थिए।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो। उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए।
कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ रनको साझेदारी गरे। आसिफ ६८ रन बनाएर पभेलियन फर्किएका थिए।












