२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी



अ+ अ-

काठमाडाैँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक भएको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा दलित समुदायले पु¥याएको योगदान महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री वादीले भन्नुभयो, “नेपालको हरेक परिवर्तनमा दलित समुदायले पु¥याएको योगदानको सम्मान गर्न चाहन्छु, सीमित स्रोतसाधन जनशक्तिकाबीच आयोगले गरेका काम प्रशंसनीय छ, दलित समुदायका समस्या समाधान गर्न मन्त्रालय र आयोगबीच समन्वय र सहकार्य गर्छाैं ।” राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विभेदका विषयमा सघन छलफल र संवादका माध्यमबाट समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले राज्य कमजोर र न्यूनआर्थिकस्तर भएकाका लागि हुनुपर्छ भन्ने पैरवी दलित आयोगले गरिरहेको छ भन्नुभयो ।

आयोगका सदस्य मेहले पार्कीले आयोगले गरेका सिफारिस र सरोकार कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गर्न सामाजिक चेतना अभिवृद्धिमा सरकार, आयोग र सरोकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानवीय सम्मान, गरिमा र आत्मसम्मानको पाटोमा राज्यका सबै संयन्त्रले ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले दलित समुदायको न्यायमा पहुँचका लागि प्रहरी सङ्गठन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । विसं २०६३ जेठ २१ गते तत्कालीन संसद्बाट नेपाललाई जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्र घोषणा गरिएको थियो । उक्त दिनको स्मरणमा ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन’ भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस मनाइएको हो ।