२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु



अ+ अ-

काठमाडौँ। इजरायली सेनाले गाजा पट्टीको मध्य र दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परी तीन प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजास्थित नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलकाअनुसार मध्य गाजाको देर अल–बलाहमा एउटा नागरिक सवारी साधनलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी, मध्य गाजाकै अल–जवाइदा क्षेत्रमा भएको इजरायली गोलाबारीमा अर्का एक प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।

प्रवक्ता बासलकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसस्थित हमाद सहर नजिकै इजरायली सेनाको गोली प्रहारबाट थप एक जनाको मृत्यु भएको छ ।

यी घटनाहरूबारे इजरायली सेनाले तत्काल कुनै आधिकारिक टिप्पणी गरेको छैन । यद्यपि, इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनमा आफ्ना सैनिकहरूमाथि आक्रमणको योजना बनाइरहेका विभिन्न संगठनका पाँच लडाकूहरूलाई मारिएको दाबी गरेको छ ।

मन्त्रालयकाअनुसार सन् २०२३ अक्टोबर ७ देखि शुरु भएको यस द्वन्द्वमा हालसम्म मृत्यु हुने प्यालेस्टिनीको संख्या ७२ हजार ९ सय ४२ पुगेको छ भने १ लाख ७२ हजार ९ सय ६७ जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल