२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अमेरिकाको सामना गर्दै



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज (बुधबार) घरेलु टोली अमेरिकाविरुद्ध खेल्दैछ ।

टेक्सासस्थित मोसा क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

मंगलबार राति ओमानलाई हराएको नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

नेपाल अमेरिकालाई हराएर २ अंक जोड्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । अमेरिका पनि नेपाललाई हराएर सिरिजमा सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।

सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।

लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा १५ अंक जोडेको छ । अमेरिका २३ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।