२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मिर्गौला प्रत्यारोपण



अ+ अ-

भक्तपुर । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा पहिलो पटक उपत्यका बाहिर सो अस्पतालमा हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उक्त अस्पतालमा ५१ वर्षीय यमकुमारी पौडेललाई उहाँकै श्रीमान् ५३ वर्षीय केशव पौडेलले मिर्गौला दान गरेपछि भएको अङ्ग प्रत्यारोपण सफल भई बिरामी घर पठाइएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रका शल्यचिकित्सक प्राडा राकेशकुमार बर्मा, डा दिपेश श्रेष्ठ, डा रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा आरती राई, डा सोभित थापा, नेफ्रोलोजिष्ट डा कल्पनाकुमारी श्रेष्ठ र डा लुसन सिं, रेडियोलोजिष्ट डा कृष्ण बुढाथोकी र पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका चिकित्सक एवं प्राविधिक टोली मिर्गौला प्रत्यारोपण सम्लग्न हुनुहुन्थ्यो ।