२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट



अ+ अ-

काठमाडौं। ओमानले एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सिङ्गापुरको सिंगा ओभलमा टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रन बनाउँदै अल आउट भएको हो।

ओमानका लागि ब्याटिङतर्फ कप्तान सुफ्यान मोहम्मदले बनाएको ३८ रन नै सर्वाधिक हो। जुबिइर अलि अकबरले २२ र अब्दुइजाइल खानले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेन। आजको खेल जितेमा नेपाल फाइनल पुग्ने छ।

नेपालको लागि बलिङतर्फ करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई–दुई विकेट हात पर्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको नाममा एक–एक विकेट रह्यो ।