२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः नेपाल नामिबियासँग पराजित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले हार ब्यहोरेको छ ।

स्कटल्याण्डको न्यु काम्बसडनमा सोमबार भएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो ।

नामिबियाले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८० रनमा समेटियो । आरिफ शेखले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यस्तै देव खनालले ३४ रन जोड्दा कुसल भुर्तेलले २७ रन जोडे । करण केसी १९, आसिफ शेख १४ र आदील आलम र सोमपाल कामी समान १० रनमा आउट भए ।

रोहित पौडेल र कप्तान सन्दीप लामिछाने सुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी ४ र बसिर अहमेद ३ रनमा पेभिलियन फर्किए ।नामिबियाका बेर्नार्ड, जान फ्राईलिन्च्क र डाभिड वेइसले २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा अलआउट हुँदै २ सय २० रन बनाएको थियो । नामिबियाका लागि जान निकोल लोफ्टीले ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै डिभान ला ककले ४१ रन जोड्दा कप्तान गेर्हार्ड एरास्मुसले २२ रन जोडे ।

नेपालका कप्तान सन्दीप लामिछानेले ५४ रन खर्चिएर ४ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी, बसिर अहमद र दिपेन्द्र सिंह ऐरीले १/१ विकाम्बस्डुन न्यु ग्राउन्डकेट लिए ।

हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १७ खेलमा १५ अंक जोडेको छ । नामिबिया १६ खेलम १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

सिरिज अन्तर्गत अब नेपालले दोस्रो खेल आयोजक स्कटल्याण्डविरुद्ध बुधबार, तेस्रो खेल नामिबियाविरुद्ध शनिबार र अन्तिम खेल स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।




भर्खरै