९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी छलेर पर्वतमा रमाउँदै अर्थमन्त्री शर्मा (भिडियाे सहित)



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अहिले सपत्नी पर्वतमा रमाइरहेका छन् । उनी हिजो बुधबार पर्वत पुगेका हुन् । उनी बुधबार राति द क्लिफ रिसोर्टमा बसेका थिए। शर्माले आज बिहान क्लिफ स्काई क्याफेमा पत्नीसहित खाजा खाएका थिए । लगत्तै उनले पर्वत जिल्ला अस्पतालको निरीक्षण गरे । त्यसपछि माओवादी कार्यकर्तासँग भेटघाट गरेका थिए।

अर्थमन्त्री शर्माले आज बिहान गुप्तेश्वर महादेव मन्दिरको दर्शन गरेका थिए। मन्दिरमा उनीसँगै सांसद दीनानाथ शर्मा पनि थिए ।

अर्थमन्त्री शर्मा उद्योग वाणिज्य सङ्घ पर्वतको ४६औँ स्थापना दिवस र ३९औँ साधारणसभामा सहभागी हुन पर्वत गएको भनिएको छ । तर यथार्थ के हो भने छलफलका लागि प्रतिनिधिसभाको बैठकमा एमसीसीलाई प्रस्तुत गर्नुपर्छ भनेर उनी पर्वततिर हानिएका हुन् । संसद् सचिवालयले प्रतिनिधिसभाको आज बस्ने बैठकका लागि निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची निकालेको छ । बैठकमा प्रस्ताव प्रस्तुत गरिसकेपछि छलफलमा उठेका प्रश्नको जवाफ पनि उनले दिनुपर्ने हुन्छ ।

आफू काठमाडौँमा हुँदा एमसीसी सदनमा प्रस्तुत गर्नुपर्ने डरले उनी पर्वततिर गएका हुन् । आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले उनले सदन छलेका हुन् । आइतबार पनि उनी प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्न गएका थिएनन् । कार्यसूचीमा उनको नाम भए पनि बिरामी परेको बहाना बनाई उनी सदनमा गएनन् । उनको सट्टा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी टेबल गरेका थिए । लोकतान्त्रिक संसदीय अभ्यासमा मन्त्रिपरिषद्को सदस्यका नाताले एमसीसीलाई प्रस्तुत गर्न उनी सदनमा उपस्थित हुनुपथ्र्यो ।

तर सामान्य संसदीय परम्परालाई नै धज्जी उडाउने गरी उनी सदनबाट भागेका छन् । अझ उनी संसद्बाट एमसीसीलाई फेल गराउनुपर्ने भन्दै हिँडेका छन् । उनकै पार्टी माओवादी केन्द्रसमेत सत्तामा रहेर सरकारकै बर्खिलापमा लागेको छ । एकातिर सत्ता गठबन्धन टुट्न नहुने भन्दै हिँड्ने अनि सरकारले प्रस्तुत गरेको एमसीसीको विपक्षमा मतदान गर्ने भन्ने माओवादी केन्द्रले कतिसम्मको नैतिकताको प्रदर्शन गरेको हो बुझिनसक्नु छ ।