९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ । आज प्रतिनिधिसभामा एमसीसीबारे छलफल सुरु हुँदैछ । संसद् बैठक बसेका दिन दैनिक सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना भ्रातृ सङ्गठनहरुलाई सडकमा उतारेर विरोध प्रदर्शन गर्दै आएको छ ।

उनीहरुले प्रदर्शनलाई कडा बनाउने तयारी थालेको बुझिएको छ । यसबाहेक एमसीसीको विपक्षमा रहेका अन्य दलले पनि प्रर्दशन जारी राखेका छन् । सत्तागठबन्धनको सहमतिअनुसार नै सरकारले संसद्मा एमसीसी प्रस्ताव टेबल गरेको हो ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ सङ्गठनका नेताहरुलाई फोन गरी एमसीसीविरुद्धको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गर्नुभएको छ । उहाँले प्रदर्शनबाट धेरै क्षति भएकाले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गर्नुभएको थियो ।




भर्खरै