९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालहरुले सरकार छोड्नुपर्छ – कर्ण थापा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापाले एमसीसीलाई लिएर सत्ता गठबन्धनले नाटक देखाउन नहुने टिप्पणी गरेका छन् । 

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जहाँसम्म एमसीसीको प्रावधानको विषयमा हाम्रो दृष्टिकोण छ, यो सडकमा प्रचार गरेजस्तो, त्यसप्रकारको सम्झौता होईन । यो विकास परियोजना हो । कुनै विदेशीलाई गाली गरेर राष्ट्रवादी भईन्छ भन्ने चिन्तनबाट एमाले मुक्त छ । यो जो अन्तर्राष्ट्रिय सहयोग छ, यो नेपालको हितमा छ । यो राष्ट्रघाती छ भनेर भएको प्रचारमा कुनै सत्यता छैन् । यसमा हामी स्पष्ट छौं । एमालेले पास गर्ने कि फेल गर्नेबारे केही भन्न जरुरी छैन् । सरकारले एमसीसी पेश गरिसकेको छ । सरकाले पेश गरेको प्रस्ताव फेल गर्छु भन्नु अनैतिक कुरा हो । उहाँहरुले सरकार छोेडेपछि एमालेले निर्णय गर्छ ।’

अहिलेको सरकारले सदनमा पेश गरेका कुनैपनि विजनेशहरु सरकारमा सहभागी भएका दलहरु नै बढि जिम्मेवार हुने उनको भनाई छ । उनले एमसीसीलाई लिएर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को भूमिकालाई लिएर कडा आपत्ति जनाए । 

उनले भने,‘सरकारमा उनीहरु किन सामेल भएका त ? एमसीसी कार्यान्वयन भयो भने अमेरिकी सेना आउँछ भनेर भनिएको छ, कसले भन्यो अमेरिकी सेना आउँछ भनेर रु, यो गलत हो । एमसीसीको पैसा सुरक्षामा प्रयोग गर्न पाईँदैन् भनेर सम्झौतामा स्पष्ट रुपमा भनिएको छ । एमसीसी नेपालको कानूनभन्दा माथि छैन् । यो सम्झौताबारे भ्रम सिर्जना गर्नुहुँदैन् । एमसीसीबारे दफाबार छलफल गर्नुपर्यो नि। कुनै परियोजना अघि नबढाउने ? भ्रमपूर्ण कुरा सिर्जना गर्नुहुँदैन् । नेपालको राजनीति भनेको जिम्मेवार राजनीति हुनुपर्छ । उत्तरदायी लिनुपर्छ । विषयवस्तु छरिदिने अनि निर्णयमा पुग्न नदिने । निर्णयमा पुग्न नदिएपछि विषयवस्तु छरियो । यो गलत हो ।’

कुनै विषयवस्तु उठाईदिने अनि आफ्नो विषय लगेर भ्रम सिर्जना गरिरहने र त्यसको नाममा राजनीति गर्ने काम भैरहेको भन्दै उनले गुनासो पोखे । उनले भने,‘एमालेको चाहना के हो भने अब एमसीसीको विषयमा लामो छलफल र बहस भयो । भोलिबाट संसदमा छलफल हुन्छ । निर्णयमा को कहाँ उभियो रु भन्ने कुरा अब मतदान भएपछि थाहा हुन्छ । भ्रम राख्नु हुँदैन् । अन्यौलमा राख्नुहुँदैन् । 

जनता ठगी गर्नुहुँदैन्। सरकारको निरन्तरता हो भने एमसीसीको पक्षमा माओवादी र नेकपा एकीकृतले पनि मतदान गर्नुपर्यो नि । एमसीसीको पक्षमा भोट नहाल्ने भए प्रचण्ड र माधव नेपालले सरकार छोड्नुपर्छ । अहिले १४ जना गैरसांसद छन् । यसकारण हामीले संसद् अवरद्ध गरेको हो । ढाँटेर, छलेर अबको राजनीति चल्दैन् । जनतालाई ठग्ने काम नगरौं ।’




भर्खरै