२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी लिगः रियल शीर्ष स्थानमै कायम, बार्सिलोनाको अपराजित यात्रा



रियल म्याड्रिडका भिल्नियस गोल गरेपछि खुशी साट्दै ।
अ+ अ-

म्याड्रिडः बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार सेभियालाई ३-० को गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो जितसँगै बार्सिलोना चार खेलबाट १० अंक सहित लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

बार्सिलोनालाई सेभियाको मैदानमा जित दिलाउन राफिन्हाले २१औं, रोवर्ट लेवान्डोस्कीले ३६औं र एरिक गार्सियाले ५०औं मिनेटमा गोल गरे ।

गत वर्षको लिग बिजेता रियल म्याड्रिड भने चार खेलबाट १२ अंकसहित पहिलो स्थानमा छ ।

रियलले रियल बेटिसलाई २-१ को गोला अन्तरले हराएको थियो । घरेलु मैदानमा रियलका लागि भिनिसियस जुनियरले नवौँ र रोड्रीगोले ६५औं मिनेटमा गोल गरे । बेटिसका लागि सर्जी कानालेसले एक गोल फर्काए ।

रियल सोसिडाड र एटलेटिको म्याड्रिड तथा मार्लोका तथा जिरोनाले समान १–१ को बराबरी खेले । एजेन्सी