७ असार २०८३, आईतवार
,
Latest
रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प चितवनमा रास्वपाको पहिलो महाधिवेशन सुरु, विभिन्न दलका नेताको सहभागिता मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत डा केसीमा कडा खालको अल्सरको लक्षण



अ+ अ-

धनगढी । स्वास्थ्यसेवा सुधारको माग राख्दै अनशन बस्नुभएका डा गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले केसीको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी दिएको छ । केसीको मांशपेसी सुक्दै गएको भन्दै अस्पतालले अल्सरका कारण रक्तस्राब भएको हुनसक्ने आशंका गरेको छ ।

अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताइएको छ । अस्पतालले डा केसीको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम, प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली र संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको बताएको छ ।

डा केसी धनगढीको कृष्णमन्दिरको धर्मशालामा भदौको अन्तिम साता आमरण अनशन बस्नुभएको थियो । तीन दिनपछि भदौ २९ मा उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले स्वास्थ्य बुलेटिन जारी गर्दै डा केसीलाई पेट दुख्ने, कमजोरी हुने, टाउको दुख्ने, रिङटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांशपेशी बाँउडिने, मुटुको धडकन गडबडी र अक्सिजनको मात्रा घट्दै गएको उल्लेख छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति: