९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा आक्रमण बारे गृहमन्त्रालयबाट छानबिन सुरु



अ+ अ-

 काठमाडौ । गृहमन्त्रालयले हालका दिनमा केही समूहबाट सडक प्रदर्शन गर्ने र सामाजिक जीवनलाई अवरोध पु¥याउने काम भइरहेको भन्दै त्यसतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिविधिबाट नागरिकको स्वतन्त्रतापूर्वक जिउने हकमा बाधा पु-याउने कार्य भइरहेको जनाउँदै त्यस किसिमका कार्य नगरी दिन सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको हो । 

“पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पु¥याउने र ढुङ्गा प्रहार गर्नेसम्मको हर्कत देखिएको भन्दै मन्त्रालयले त्यस्ता हिंसात्मक कार्यप्रति नेपाल सरकार भत्र्सना गर्दछ र त्यस्ता घटनामा संलग्न व्यक्ति छानबिनको क्रममा समेत रहेको स्पष्ट पारेको छ”, विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता प्रकृतिका घटनाको सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ ।

यही फागुन ८ गते आफ्नो निवासबाट संसद् भवन आउने क्रममा पूर्वप्रधानमन्त्री चढेको सवारी साधनमा एमसीसीको विरोधमा प्रदर्शनकारीले सवारीमा ढुङ्गा प्रहार गरेका थिए ।

जनताको प्रतिनिधिमूलक संस्था संसद्लाई लक्षित गरी माननीय सांसदलाई समेत संसद् भवनमा आवागमनका क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिविधि देखिएको मन्त्रालयले जनाएको छ । सरकार नागरिकको जीउधनको सुरक्षा गर्न सदैव तत्पर रहेको तथा संवैधानिक र कानूनी हकको उपयोग गर्दै शान्तिपूर्ण प्रदर्शनप्रति सरकार र सुरक्षाकर्मीबाट उच्च संयमता अपनाइएको विज्ञप्तिमा जनाइएको छ ।