२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलले लिभरपुललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा उत्कृष्ट लयमा रहेको आर्सनलले लिभरपुलमाथि रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले घरेलु मैदान इमिरेट्समा लिभरपुललाई ३–२ गोलले पराजित गरेको हो । आर्सनलका लागि बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन न्युनेज र रोबर्टो फिर्मिनोले एक–एक गोल फर्काए ।

खेलको सुरुवाती पहिलो मिनेटमा नै मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । ३४ औं मिनटेमा न्युनेजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी समयमा साकाले गोल गर्दै आर्सनललाई २–१ ले अघि बढाए । तर, ५३ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–२ को स्थितीमा लगे । यता, ७६ औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । त्यस अवसरलाई साकाले खेर जान दिएनन् र आर्सनललाई जित दिलाए ।

जितसँगै ९ खेलबाट २४ अंकसहित आर्सनल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । लिभरपुल ८ खेलबाट १० अंकसहित १० औँ स्थानमा छ ।




भर्खरै