२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश सरकारबाट कांग्रेसका मन्त्री हटाउने मुख्यमन्त्री राउतको तयारी



फाईल फोटो
अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि प्रदेशको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीलाई हटाउन लागेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव रहेका छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले राजीनामा दिन अनुरोध गरेका छन् ।

आजै राजीनामा नदिए उनीहरुलाई पदमुक्त गर्ने मुख्यमन्त्री राउतको तयारी रहेको बताईएको छ । मुख्यमन्त्री राउतले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरुलाई भने राजीनामा दिन भनेका छैनन् ।