२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडीः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त



अ+ अ-

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् ।

विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतिष्पर्धामा नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् ।

दोश्रो स्थानमा रहेका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला २ सय मिटर मिड्लेतर्फ आर्मीकै सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेण्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेण्डको नयाँ समयको किर्तिमान कायम गरेकी हुन् ।