२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगबाट बाहिरियो एट्लेटिको, युरोपा समेत खेल्न नपाउने



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड आफ्नो समूहको अन्तिम स्थानमा रहँदै बाहिरिएको छ ।

गएराति समूह चरणको अन्तिम खेलमा पोर्चुगीज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको हो ।

एट्लेटिको च्याम्पियन्स लिग इतिहासमा पहिलोपटक समूहको अन्तिम स्थानमा रहँदै बाहिरिन पुग्यो । योसँगै उसले यो सिरिजनको युरोपा लिग पनि खेल्न नपाउने भएको छ ।

घरेलु मैदान स्टेडियो डो ड्रगाओमा खेलको पाँचौं मिनेटमै मेहदी तारेमीको गोलबाट पोर्टोले अग्रता लिएको थियो । २४ औं मिनेटमा स्टेफेन एस्ताकियोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

थप गरिएको समयमा इभान मार्कानोले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा सकियो । यो जितसँगै ६ खेलमा १२ अंक जोडेको पोर्टोले समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान बनायो ।