२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताउनुभएको हो । उहाँले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।

नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘अब हामीले लामो कुरा गर्ने भन्दा पनि कामले गरेर देखाउनुपरेको छ । समय परिवर्तनशिल छ र परिवर्तित समय अनुसार हामीले आफ्नो समुदायलाई सुहाँउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराईमा हामीले समयको माग बमोजिम सिक्नुपर्छ र त्यही अनुसार अगाडी बढ्नुपर्छ । तर समय परिवर्तनशिल छ भन्दैमा हाम्रा पुर्खाहरुले स्थापित गरेको हाम्रो मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन (टोटल्ली माइनस) गर्न मिल्दैन भन्ने कुरामा सजग हुनुपर्छ ।’

‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ । यसलाई हामी सबैले महशुस गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडी बढाउनुपर्छ । यसमा ध्यान दिनुपर्छ ।’

उहाँले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिहरुलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने बताउनु भयो । यद्यपी समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उहाँको भनाई छ ।