६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिका माथी खर्च होईन लगानी गरौ (भिडियो सहित)



अ+ अ-

काठमाडौ । सरकारले गत असार २७ गते मन्त्री स्तरिय निर्णयबाट “बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका” जारी गरेको छ । बालबालिकाको आवाजको सुनुवाई हुने, बालबालिकाको पहुँचमा सबै संरचनामा हुने तथा बालअधिकारको सुनिश्चितता भएको शासन व्यवस्थालाई बालमैत्री शासन भएको मानिन्छ ।

स्थानीय सरकारको माध्यमबाट हाम्रो गाउँ टोल छिमेक सबै स्थानहरुमा बालबालिकालाई मैत्रीपूर्ण व्यवहार गर्ने, गाउँघरमा हुने कार्यक्रम छलफल योजना निर्माणमा बालबालिकाको अधिकारका क्षेत्रहरु बाँच्न पाउने अधिकार, विकासको अधिकार, संरक्षणको अधिकार र सहभागिताको अधिकारलाई केन्द्रबिन्दुमा राखेर सञ्चालन गरिने शासन पद्धति नै बालमैत्री स्थानीय शासन हो ।

के सरकारले हालै जारी गरेको “बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका” ले यो अवधारणालाई आत्मसाथ गरेको छ ? संघीय, प्रदेस र स्थानीय सरकारले यसको पालना कसरी गर्नुपर्छ र यसमा के के विषय समेटिएका छन् ? यी विषयमा कुरा गर्दै बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक तिलोत्तम पौडेलले निर्देशिकाको पालनाले बालबालिकाको सर्वाङ्गिण विकासमा मद्दत पुग्ने भएकाले यसको हुबहु कार्यान्वयन गर्न जोड दिनुभएको छ ।

यसैगरी उहाँले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी ल्याउनुपर्ने कुरामा पनि जोड दिनुभएको छ ।