६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा



अ+ अ-

जलेश्वर: जलेश्वर नगरपालिकामा आगामी वर्षको बजेट एवं निति तथा कार्यक्रम कहिले आउने भन्ने अन्योल बढेको छ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडा अध्यक्ष, मेयर उपमेयर वीच छलफल भइरहेको समयमा एकाएक माहोल तनावग्रस्त भएको थियो।

आन्तरिक स्रोत करिब ३ करोड रुपैयाँ रहेकोमा नगर प्रमुखले बजेट बनाउँदा ३० करोड राखि योजना समावेश गरेपछि वडाध्यक्षहरु बिरोधमा उत्रिएका थिए ।

चालु आवको बजेटमा मेयरले एकलौटी योजना राखेको, वडास्तरीय योजना कार्यान्वयनमा वेवास्ता गरेको आरोप वडा अध्यक्षहरुको रहेको छ।चालु आवमा योजना कार्यान्वयन र आगामी वर्षको बजेट न्यायोचित विनियोजनको सुनिश्चितता नभै सभा वस्न नदिने भन्दै अधिकृतको कार्यकक्षमा वडा अध्यक्षहररुले प्र प्र अ को कार्यकक्षमा पानीको बोतल प्रहार, टेवल तथा कुर्सी उचालेर फ्याक्ने, ढोका फोड्ने प्रयास गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृतले आगामी वर्षको बजेट सम्बन्धी कानुनी बाध्यता बारे दुवै पक्षलाई सम्झाउदै सहमतिको प्रयास गरेका थिए । सहमतिमा बजेट कार्यक्रम ल्याउन आफुले पहल गर्ने, चालु आवको बजेट सुनिश्चितता भएका र सम्पन्न हुन सक्ने योजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए पनि बडा अध्यक्षहरु मेयरको व्यवहार प्रति विश्वास गर्ने अवस्था नरहेको भन्दै तोडफोडमा उत्रिएका थिए।

उनी हरुले नगरपालिकाको लेखा शाखा, योजना शाखा तथा जिन्सी शाखामा तालाबन्दी गरेका छन्। समस्या समाधानमा मेयर बाधक भइरहे कुनै पनि हालतमा सभा वस्न नदिने र तालाबन्दी नखोलिने जनाएका छन्।

प्रमुख प्रशासकीय अधिकृतले विवादको समाधान गरी समय मै बजेट तथा कार्यक्रम पेश गर्ने वातावरण निर्माणका लागि छलफल भइरहेको बताए। उनले स्थानीय तहमा यस प्रकारका विवाद भै रहने र ती विवादको समाधान आपसी समझदारीमा हुदै जाने बताए । सिमित स्रोत र जन चाहना विकासको आवश्यकता बीच खाडल रहेकोले यस्ता विवाद आइरहने उनको भनाइ छ।

शुक्रबार मात्रै संघीय मामिला मन्त्रालयको टोलीले महोत्तरीका सवै पालिकालाई समयमै सभा बोलाउने र समयमै बजेट पेश गरी असार मसान्तसम्म पारित गर्ने प्रतिबद्धता गराएको थियो ।

फोटो -पालिकाको सामाजिक सञ्जालबाट