६ असार २०८३, शनिबार
,
Latest
युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी देखिए राजीनामा दिन तयार छुः पंकजविक्रम नेम्वाङ



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफू दोषी रहेमा राजीनामा दिन तयार रहेको बताएका छन् । 

आफ्नो कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । 

मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । 

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको नेम्वाङको भनाई छ । 

केहीदिन पहिले ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकारेका छन् ।

प्रशिक्षकको राजीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्ने उनको भनाई छ ।