६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा आधिकारिकतामा दुबै पक्षको दाबी, निर्वाचन आयोगमा सुनुवाइ सुरु



अ+ अ-

काठमाडौं । निर्वाचन आयुक्तको इजलासमा जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतासम्बन्धी विवादमाथिको सुनुवाइ सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरासहितको इजलास गठन भएको छ । 

गत आइतबारको बहसमा आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन आदेशपछि दुवै पक्षले आ-आफ्नो प्रमाण पेस गरिसकेका छन् । बिहीबार त्यसमा बहस हुने बताईएको छ । आयोगले आजै आधाकारिकताको टुंगो लगाउसक्नेछ । 

पार्टीको आधिकारिकतामा दुबै पक्ष (अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुर) आफ्नो दावी गरेका छन् । तशर्थ आधिकारितासम्बन्धी विवाद हटाउन आयोगले इजलास गठन गरेर सुनुवाइ सुरु गरेको हो।