६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बस्दैछ। बैठक आज ९बुधबार० अपरान्ह ३ बजे बस्दैछ। केन्द्रीय कमिटी बैठक हिजो (मंगलबार) पनि बसेको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। तर ती सांसदहरूलाई पत्र पुगिसकेको छैन। 
पत्र पुगेको २४ घन्टाभित्र स्पष्टीकरण दिइसक्न एमालेले निर्देशनसमेत दिएको थियो।

मंगलबार सातै प्रदेशका पार्टी कमिटी प्रमुखहरूले प्रदेशमा पार्टीको संगठनात्मक अवस्थाबारे बिफ्रिङ गरेका थिए। केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी छैन। नेपाल पक्षले छुट्टै बैठक गरिराखेको छ।