६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने



अ+ अ-

काठमाडौं । आज प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। बिहान ११ बजे च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बैठक बस्न लागेको हो । तर वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ। 

आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला गोकर्ण बिष्टसहित नेपालनिकट १० सांसद संसद भवनबाट बाहिरिएका थिए।