काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएर उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँ लेख्नुहुन्छ,
विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना
— Kamal Thapa (@KTnepal) July 18, 2021












