काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् । आज (शुक्रबार) बिहान १० बजे बालुवाटारस्थित निवासमा प्रधानमन्त्री देउवा सरेका हुन् ।
प्रधानमन्त्री देउवानिजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए ।
गत मंगलबार देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत (बुधबार) मात्रै बालुवाटार छाडेका थिए। यतिबेला ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन्।












