६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीले बोलाए पार्टी स्थायी कमिटीको बैठक, संसदीय दलको बैठक पनि आज बस्दै



अ+ अ-

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक आह्वान गरेका हुन् । 
स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा ११ बजे बस्नेछ ।

पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । 

त्यसपछि दिउँसो तीन बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्ने छ ।