१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा



अ+ अ-

काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकता लिन आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको छ । उहाँ पुग्नुअघि नै प्रशासन कार्यालयमा भीड लागिसकेको थियो । भीड बढेपछि प्रहरी पनि बाक्लोरुपमा परिचालन भएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा गर्नुभएको थिएन ।

उहाँले पुनः नेपाली नागरिकता नलिएको भनी मुद्दा परेपछि सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद बदर गरेको थियो । सांसद पद बदर भएसँगै उहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सोही पार्टीको संसदीय दलको नेताबाट पनि विमुख हुनुभएको थियो ।