२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइँदैछः भीम रावल



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री भीम बहादुर रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै उहाँले नागरिकताजस्तो संवेदनशील विषयमा फसेका लामिछानेलाई फेरी गृहमन्त्री बनाउन खोजिएकोमा आपत्ति जनाउनु भयो । नेता रावलले वैदेशिक रोजगार कम्पनी खोलेकालाई श्रममन्त्री, निजी स्कुल संचालकलाई शिक्षामन्त्री बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र र द्वारिकादेवी ठकुरानीजस्तो विरंगानाहरुको योगदानको अवमूल्यन गर्ने काम भएको जिकीर समेत गर्नु भयो ।

उहाँले काँग्रेसले स्वतः पाउने प्रमुख प्रतिपक्ष दलको हैसियतका लागि संसद सचिवालयमा निवेदन दिएको देख्दा आफू छाँगाबाट खसेजस्तै भएको टिप्पणी समेत गर्नु भयो । नेता रावलले भन्नु भयो, ‘आज मन्त्रीहरु हेरौ त । जसको बैदेशिक रोजगार कम्पनी छ । उसलाई श्रममन्त्री । जसको निजी स्कुल एकदम महंगो छ । ऊ शिक्षामन्त्री । जसलाई नागरिकताजस्तो अत्यन्त सम्वेदनशील राष्ट्रियतासँग सम्बन्धित छ । निजलाई खोजीखोजी त्यहीँ नागरिकता स्वच्छ बनाउन गृह मन्त्रालय । गृह मन्त्रालय भनेपछि त्यही चाहिन्छ भन्ने महाअभियान । के देशमा साँच्चै सुशासन आउन लागेको हो ?

हामीले बहुदली व्यवस्था ल्यायौं । गणतन्त्र ल्यायौं । यसको अभिष्ट के थियो ? यत्रो मानिसहरुले रगत बगाए । आज हामी त्यही शिलशिलामा द्धारिकादेवी ठकुरानीको सम्झना गरिरहेका छौं । तर आम निर्वाचनको दोस्रो अभ्यास गर्दैगर्दा हामी समाचार माध्याममा पढछौं–फलानो मान्छे त ज्यान मुद्दामा पो लागेको रहेछ । फरार छ । प्रहरीले गिरफ्तार गर्नुपर्ने गृह मन्त्रालयले त विज्ञप्ती जारी गरेर मैले भनेको प्रहरीले मानेन भन्छ । अहिले पक्राउ परेर धनगढी गयोभनेर पनि हामी पढछौं ।’

कार्यक्रममा बोल्दै काँग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताउनु भयो । उहाँले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताउनु भयो । नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा पनि चित्रण गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘महिला, आदिवासी जनजाति, दलित, पीछडिएका क्षेत्रको, मुस्लिम, मधेशकोलगायत विभिन्न वर्ग समूदायको मूल राजनीतिक प्रवाहकरण हुन नसकिरहेको जुन हिजोको पीडा थियो । त्यो पीडालाई आज प्रतिनिधित्व समूचित आधारमा व्यवस्थापन गर्ने काम गरिएको छ । हिजोको समस्याहरुलाई पनि आज हल गर्दै जानुपर्ने अवस्था छ ।’

काँग्रेस नेता लेखकले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दावी समेत गर्नु भयो ।