२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा मिश्रित भलिबलको फाइनलमा पिरुङ र भिमाद-७ भिड्दै



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा जारी वडा मिश्रित भलिबलको उपाधिका लागि पिरुङ स्पोर्ट क्लब र भिमाद-७ बीच प्रतिस्पर्धा हुने भएको छ ।

भिमाद रंगशालामा शनिबार भएको सेमिफाइनल अन्तर्गत पहिलो खेलमा भिमाद-७ ले भिमाद-२ लाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने पिरुङले वौदीकाली गाउँपालिका-२ लाई पराजित गर्दै भिमाद-७ सँगको भेट पक्का गरेको हो ।

फाइनल खेल आइतबार बिहान ८ः३० बजे सुरु हुने खेल संयोजक उज्वल खनालले जानकारी दिए ।

माघ १९ गतेदेखि भिमादमा जारी तेस्रो महोत्सवको प्रमुख आकर्षण बनेको वडा मिश्रित भलिबलको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट खेलाडी, लिफ्टर र स्पाईकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसैबीच भोलि आइतबार नै महोत्सवको समापन पनि हुँदैछ ।

पिरुङ स्पोर्ट क्लब
भिमाद-७