२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेस नेता रिजालको महामन्त्री द्वयलाई प्रश्न; जनयुद्ध दिवस’ बारे कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले कथित ‘जनयुद्ध दिवस’ बारे नेपाली कांग्रेसको आधिकारिक धारणा कहिले आउँछ भनी प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा प्रकाशशरण महतलाई कथित ‘जनयुद्ध दिवस’ बारे पार्टीको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि आउँछ भनी प्रश्न गर्नुभएको हो ।

उहाँले नेकपा ९एमाले० को दह्रो समर्थनमा बनेको नेकपा ९माओवादी केन्द्र० नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तरनिहित मर्म विपरीत ‘जनयुद्ध दिवस’ घोषणा भएको टिप्पणी गर्नुभएको छ ।

नेता डा रिजालले नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला रहनुहुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झैँ शब्द प्रयोग गर्दा नेपाली कांग्रेसका तर्फबाट ती शब्द हटाउन संसदमा आफूले संशोधन पेस गरेको स्मरण गराउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “माओवादी, एमाले अहिलेको एकीकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनी संसद्मा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो।”

उहाँले फेसबुकमा पोस्ट गर्नुभएको स्टाटस यस्तो छ :

एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यस्मा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित ूजनयुद्ध दिवसू बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछिरु आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।

सम्झनाका लागि :

नेपाली काङ्ग्रेसको सभापति श्री गिरिजा प्र कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झै शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ। माओवादी, एमाले अहिलेको एकिकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो।