२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे अस्पतालमा



अ+ अ-

तस्बिर: सभापति देउवाको सचिवालय

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

बुधबार राति ग्यास सिलिण्डर पड्किएर हरिकलाको शरिरको ७० प्रतिशत भाग र सांसद चन्द्रकान्तको दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । यसैबीच सभामुख देवराज घिमिरे उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पनि अस्पताल पुगि उहाँहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।

अस्पतालले हाल उपलब्ध साधन र स्रोतको अवस्थामा उहाँहरुको यथोचित उपचार स्वदेशमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण (सिफारिस) गरेको छ । रासस