२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्तिले माग्यो प्रधानमन्त्रीको धारणा



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले प्रधानमन्त्रीको धारणा माग गरेका हुन् ।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहेका छौँ । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त हुन सकेको छैन ।’

विगतमा पनि यस्तो माग गर्दै आएपनि प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको समेत बताए । ‘त्यसैले गर्दा अब हामी आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।