२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, शीर्षस्थानको आर्सनलसँग अंक दुरी घट्यो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नमाउथलाई उसकै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

सिटीको जितमा जुलियन अल्भारेज, एर्लिङ हालाण्ड र फिल फोडेनले एक–एक गोल गरे । बर्नमाउथका जेफर्सन लेमाले एक गोल फर्काए । सिटीले एक गोल भने उपहारस्वरुप पाएको थियो ।

खेलको १५ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । यस्तै ४५ औं मिनेटमा फोडेनले गोल गर्दा सिटी पहिलो हाफमै ३–० ले अघि बढ्यो । ५१ औं मिनेटमा बर्नमाउथका क्रिस मेफमले आत्मघाती गोल गर्दा सिटीको अग्रता ४–० ले रह्यो । ८३ औं मिनेटमा लेमाले बर्नमाउथका लागि सान्त्वना गोल गरे ।

जितसँगै सिटी २५ खेलबाट ५५ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको आर्सनलको २४ खेलबाट ५७ अंक छ । यता बर्नमाउथ २४ खेलबाट २१ अंकसहित १९ औं स्थानमा छ ।