२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाँदै(भिडियोसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जानुहुने भएको छ ।

अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन उहाँ कतार जान लाग्नुभएको हो । कतारको दोहामा हुने सममेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जानुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि राष्ट्रपति निर्वाचनलाई लिएर उहाँ कतार जाने वा नजाने भन्ने टुंगो लागेको थिएन ।

प्रधानमन्त्रीसँगै उक्त सम्मेलनमा परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि सहभागी हुनुहुनेछ । प्रधानमन्त्री प्रचण्ड सम्मेलन सकेर यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।